१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल सुर्खेत
२०७७ मङ्सिर १७ बुधबार १२:४१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्णाली प्रदेशमा साढे पाँच प्रतिशतले धान उत्पादन बढ्यो

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ मङ्सिर १७ बुधबार १२:४१:००

चालू आर्थिक वर्षमा कर्णालीमा धान उत्पादनमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको भन्दा यस वर्ष ५.५ प्रतिशतले वृद्धि भएको हो । 

चालू आर्थिक वर्षमा कर्णालीमा एक लाख २० हजार नाै सय ७१ मेट्रिक टन धान उत्पादन भएको, गत आर्थिक वर्षमा एक लाख १४ हजार तीन सय १८ मेट्रिक टन धान उत्पादन भएको कर्णाली कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले बताए । 

‘गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ६ हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ,’ उनले भने, ‘मल अभाव र महामारीका कारणले लक्ष्यअनुसारको धान उत्पादन वृद्धि हुन भने पाएन ।’

चालू आर्थिक वर्षमा सबैभन्दा बढी धान उत्पादन सुर्खेतमा ४२ हजार आठ सय तीन मेट्रिक टन, सल्यानमा २८ हजार नाै सय मेट्रिक टन, रुकुम पश्चिममा आठ हजार नाै सय ७६ मेट्रिक टन, दैलेखमा चार हजार चार सय ४९ मेट्रिक टन र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ । 

डोल्पामा ६ सय पाँच मेट्रिक टन, जुम्लामा दुई हजार नाै सय मेट्रिक टन, कालिकोटमा नाै हजार चार सय ८९ मेट्रिक टन, मुगुमा सात हजार पाँच सय ७६ मेट्रिक टन र हुम्लामा सात सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।