१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७७ मङ्सिर १७ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नवलपुरमा थप एक कोरोना संक्रमित निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७७ मङ्सिर १७ बुधबार ११:३९:००

पूर्वी नवलपरासीमा थप एकजना कोरोना संक्रमितको निधन भएको छ । योसहित नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार कावासोतीनिवासी ७८ वर्षीय ज्येष्ठ नागरिकको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार राति निधन  भएको हो ।

मंसिर १२ मा अस्पताल भर्ना भएका उनलाई डाइबेटिज र निमोनियाको समस्या रहेको अस्पतालका डा. शिवराज न्यौपानेले जानकारी दिए ।

पूर्वी नवलपरासीमा अहिलेसम्म दुई हजार तीन सय २१ जनामा कोरोना संक्रमण देखिएकोमध्ये सक्रिय संक्रमितको संख्या दुई सय २५ छ ।