१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७७ मङ्सिर १७ बुधबार ०९:२९:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रादेशिक अस्पताल जनकपुरले थप्यो सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७७ मङ्सिर १७ बुधबार ०९:२९:००

प्रादेशिक अस्पताल जनकपुरले विभिन्न तीनवटा सेवा विस्तार गरेको छ । अस्पतालले ओसिएमसी (लैंगिक समस्या), केएमसी (कुपोषण तथा बच्चाको तौलसम्बन्धी समस्या) र आँखाका लागि ओपिडी सेवा सुरु गरेको हो । 

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मंगलबार तीनैवटा सेवाका लागि छुट्याइएका वार्डहरूको उद्घाटन गरे । प्रदेश सरकारमातहत आएसँगै प्रादेशिक अस्पतालले सेवा विस्तारका साथै गुणस्तीय सेवामा व्यापक सुधार गरेको अस्पताल प्रमुख डा. नागेन्द्र यादवले दाबी गरे । 

यसैबीच, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताएका छन् । प्रादेशिक अस्पताल जनकपुरको मंगलबार नयाँ वार्ड उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । 

प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानका लागि मणिपालले गुठी संस्थानसँग लिजमा लिएको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइने उनको भनाइ थियो । ‘त्यो जग्गा मणिपालले गुठीसँग लिजमा लिएको लामो समय भइसकेको छ, तर सर्तअनुसारको काम मणिपालले गर्न सकेन,’ मुख्यमन्त्री राउतले भने, ‘वर्षौँसम्म सर्तअनुसार जग्गा उपयोग नगरेपछि लिज खारेज गराएर प्रदेश सरकारले प्रतिष्ठानका लागि प्रयोगमा ल्याउँछ ।’

प्रतिष्ठान गठनसँगै प्रादेशिक अस्पतालको सेवा झन् विस्तार हुने कार्यक्रममा सहभागी सामाजिक विकासमन्त्री नवलकिशोर साहले दाबी गरे । अस्पताल प्रमुख डा. नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जनकपुरका मेयर लालकिशोर साहसहितले मन्तव्य राखेका थिए ।