Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राइड सेयरको बजारमा ‘एटेन्ड’को प्रवेश

मोटरसाइकल, एम्बुलेन्स, शववाहन, ट्याक्सी, कार, जिप, मालबाहक ट्रकदेखि हेलिकोप्टरसम्मको सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार ०७:५९:००

नेपाली राइड सेयर बजारमा ‘एटेन्ड’ एपले आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले हाल बजारमा उपलब्ध अन्य राइड सेयर एपभन्दा उत्साहजनक र आकर्षक सुविधाका साथ सेवा सुरु गरेको हो । यस एपले आफ्नो निजी सवारीसाधन नभएका समस्त यात्रुहरूको समस्याको हल गर्ने विश्वास लिएको जनाएको छ ।

कुनै विशेष ठाउँलाई मात्र लक्षित नगरी सारा नेपालभरि जहाँ पनि जानका लागि यो एपले सहयोग गर्ने जनाइएको छ । यसकारण राइड सेयर एप चाँडै नै यात्रुबीच लोकप्रिय हुने कम्पनीले जनाएको छ । एप सार्वजनिक गर्दै एटेन्ड प्रालिका निर्देशक भीमकान्त भण्डारीले अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको बताए ।

उनले भने, ‘मोडल त हाम्रो पनि राइड सेयर नै हो, तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ । हामी मोटरसाइकल, एम्बुलेन्स, शववाहन, ट्याक्सी, कार, जिप, मालबाहक ट्रकदेखि हेलिकोप्टरसम्मको सेवा दिन्छौँ ।’ साथै, यसमा हेल्थ सर्भिसअन्तर्गत घरमै औषधि पुर्‍याउने, डक्टर–नर्स पठाउने र विभिन्न ल्याबसम्बन्धी सम्पूर्ण कार्यका लागि ल्याब टेक्निसियन घरमै पठाउने काम पनि गर्ने उनले बताए । 

कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको जनाएको छ । जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालकविनाको गाडी लिन र इन्धनसहित वा आफैँले इन्धन हाल्न पाउने विकल्पसमेत राखेको जनाइएको छ । साथै, दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र हाल चलिरहेको बिमासम्बन्धी विषय सम्बोधन गर्न, यस कम्पनीसँग आबद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेस्रो पक्षीय बिमा गरिदिने कम्पनीले जनाएको छ ।