१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १७ बुधबार ०८:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पाल्पामा थप दुई कोरोना संक्रमितको निधन 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०८:५१:००

पाल्पामा थप दुईजना कोरोना संक्रमितको निधन भएको छ । बुधबार बिहान लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचारका क्रममा पाल्पाका एक र  स्याङ्जाका एक पुरुषको निधन भएको हो ।

मेडिकल कलेजका अनुसार बगनासकाली गाउँपालिका– १  पाल्पाका ३८ वर्षीय पुरुषको बिहान ४ बजे र गल्याङ नगरपालिका– ४ स्याङ्जाका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे निधन भएको हो ।  

बगनासकाली– १ का पुरुषको १२ गते कोरोना संक्रमणको पुष्टि भएपछि १४ गते अस्पताल भर्ना भई उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या भई १ गते अस्पताल भर्ना भएका गल्याङ– ४ का बिरामीमा २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

योसँगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । कोरोना संक्रमितको संख्या एक हजार पाँच सय  नाघेको छ ।