मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/योनहाप
२०७७ मङ्सिर १६ मंगलबार १३:०५:००
Read Time : < 1 मिनेट
विश्व

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

Read Time : < 1 मिनेट
रासस/योनहाप
२०७७ मङ्सिर १६ मंगलबार १३:०५:००

उत्तर कोरियाली नेता किम जोङ अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उदृत गर्दै ती विज्ञले किमलाई हालै सो खोप दिइएको बताएका हुन् । 

ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरू र उनका परिवारका सदस्यहरूले पछिल्लो दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् । काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् । लेखमा उनले दुईजना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर, चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । 

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर, खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्याेल हुन सकेको छैन । 

उत्तर कोरियामा हालसम्म कोरोना भाइरस संक्रमणबारे केही जानकारी सार्वजनिक गरिएको छैन । तर, गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ ।