मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार ११:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकका बेवारिसेलाई छाना र खाना दिने आश्रमलाई ललितपुर महानगरले गऱ्याे आर्थिक सहयोग

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ११:४१:००

ललितपुर महानगरको सडक किनारामा रहेका बेवारिसे मान्छेको आवास र खानपानको व्यवस्था गर्न ललितपुर महानगरपालिका र मानव सेवा आश्रमबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो । सम्झौतापत्रमा उल्लेख भएअनुसार घरभाडास्वरूप महानगरले आश्रमलाई सात लाख सहयोग गरेको छ ।

आश्रमको भाडाको भवन अहिले वडा नं. २३ स्थित धापाखेलमा छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले आश्रमले गरिरहेको काम प्रशंसनीय भएको बताउँदै भने, ‘महानगरले आश्रमलाई निरन्तर आर्थिक सहयोग गर्दै आइरहेको छ, यसलाई रातो किताबमै उल्लेख गरेर निरन्तरता दिन्छौँ ।’

यस वर्ष भैपरी शीर्षकअन्तर्गत रहेर महानगरले आश्रमलाई सहयोग गरेको उनले जानकारी दिए । आश्रमले सडक किनारामा रहेका बेवारिसे बालबालिका, ज्येष्ठ नागरिक, मनोरोगी तथा अशक्त, घरपरिवारबाट त्यागिएकालाई बस्ने ठाउँ र खानाको व्यवस्था गर्छ ।

केन्द्रीय उपाध्यक्ष पौडेलका अनुसार स्वास्थ्य समस्या देखिएकाहरूको समेत आश्रममा उपचार हुन्छ । हाल सातै प्रदेशमा आश्रमका शाखा छन् । देशभरका २१ सेवा केन्द्रमा विभिन्न उमेर समूह ११ सय सडक किनाराबाट ल्याइएकाहरू बस्छन् ।

सेवा केन्द्रमा डेढ वर्षका बालबालिकादेखि ८५ वर्षका ज्येष्ठ नागरिकसमेत रहेको मानव सेवा आश्रम ललितपुर जिल्ला संयोजक रश्मी आचार्यले बताइन् ।

अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग नलिई आश्रम सञ्चालन गरेको उनले जानकारी दिइन् ।