१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ मङ्सिर १६ मंगलबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार पासबिना नै थन्किए ६ सय सवारी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ०६:०६:००

सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगन्ज भन्सार कार्यालय र एकीकृत जाँचचौकी (आइपिसी)मा चारपांग्र्रे सवारीसाधन थन्किएका छन् । आयातकर्ताले विदेशबाट विलासी कार, जिप आयात गरेर लामो समयसम्म जाँच पास नगराउँदा सवारीसाधन भन्सार यार्डमा थन्किएका हुन् । 

लामो समयदेखि थन्किएका कार, जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका कारको संख्या उच्च रहेको छ । तेस्रो मुलुकबाट आयात भई आएका विलासी कार, जिपको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिभृद्धि कर तथा सडक सम्भार दस्तुर गरी करिब सवारीसाधनको मूल्यभन्दा बढी राजस्व तिर्नुपर्ने भएकाले आयातकर्ताले ग्राहक पाएपछि मात्र यस्ता कार, जिप छुटाउने गरेको भन्सार अधिकृतहरूको भनाइ छ । 

भन्सार यार्डमा गाडी पार्किङ गर्दा बढी पैसा तिर्नुपर्ने भएकाले धेरैजसो आयातकर्ताले सीमावर्ती क्षेत्र भारतको रक्सौलमा सञ्चालनमा रहेका निजी ग्यारेज वा गाडी राख्न बनाइएका सुरक्षित पार्किङस्थल भाडामा लिएर गाडी राख्ने गरेका छन् । वीरगन्ज भन्सार कार्यालय र आइसिपीमा राखिएका गाडीभन्दा पनि भारत र तेस्रो मुलुकबाट आयात भई आएका सवारीसाधन भारतीय भूमि रक्सौलमा ठूलो संख्यामा राखिएको छ ।

३ महिनादेखि भन्सारमा थन्किएका सवारीसधान
वीरगन्ज भन्सार नाकाको शंकराचार्य र आइसिपी नाका भएर आयात भएका कुल ६ सय २५ वटा चारपांग्रे सवारीसाधन थन्केका छन् ।

विगत लामो समयदेखि भन्सारमा आयात भएका विभिन्न कम्पनीका चारपांग्रे गाडी थन्केका हुन् । आयात भएका सवारीमध्ये वीरगन्ज भन्सारमा करिब १ सय र बाँकी सबै आइसिपीमा थन्केका वीरगन्ज भन्सारका सूचना अधिकारी विमलकुमार साहले जानकारी दिए ।

उनले भन्सारमा आएका गाडी ढिलो–चाँडो पास हुने प्रक्रिया रहेकाले अहिले पास नभएपछि थन्किएको बताए । सूचना अधिकारी साहका अनुसार थन्किएका गाडीहरूमा कार, जिप भ्यान, माइक्रोलगायतका गाडी छन् ।