४५ जडीबुटी मिसाएर च्यवनप्रास बनाइएको डाबरको दाबी
डाबर कम्पनीले ४५ किसिमका जडीबुटी मिसाएर बनाएको च्यवनप्रास बजारमा ल्याएको छ । अहिलेको मौसम परिवर्तनका वेला रुघाखोकीबाट बच्न तथा बालबालिकालाई बिरामी हुनबाट जोगाउन डाबर च्यवनप्रासको सेवन फलदायी हुनेछ । यसमा ४५ जडीबुटी मिसाएर बनाइएकाले चिसोका विभिन्न रोगविरुद्ध लड्न सक्ने क्षमता विकास हुने गरी उत्पादन गरिएको हो ।
बालबालिकको रोग प्रतिरोधात्मक क्षमता विकास नभइसकेको हुनाले मौसम परिवर्तनबाट उनीहरू चाँडै बिरामी पर्ने कम्पनीले जनाएको छ । त्यसबाट बचाउन उनीहरूलाई सही खाना खुवाउनुपर्ने कम्पनीको भनाइ छ । ४५ आयुर्वेदिक जडीबुटीहरू मिलाएर बनाएको डाबर च्यवनप्रासले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
यसमा मिसाइने अश्वगन्धाले शरीर तथा दिमागमा आश्चर्यजनक फाइदा पुर्याउने कम्पनीले जनाएको छ । त्यस्तै, यसमा रहेको केशरले धेरैवटा रोगको औषधिको काम गर्ने जनाइएको छ । यसमा राखिने अलैँचीले रोगप्रतिरोधी क्षमता बलियो बनाइराख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
यसले एन्टी अक्सिडेन्टको काम गर्ने तथा पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिज तत्व पनि पाइने कम्पनीले जनाएको छ । त्यस्तै, डाबर च्यवनप्रासमा अमला, पिपली, बिल्भाजस्ता जडीबुटी एवं मह र घिउ पनि मिसाइएको हुन्छ । यसमा यस्टिमधु पनि राख्ने गरिएको जनाइएको छ ।