मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी वासिंगटन
२०७७ मङ्सिर १६ मंगलबार ०८:५१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जर्मन सेफर्डसँग खेल्दा बाइडेन घाइते

Read Time : < 1 मिनेट
एजेन्सी वासिंगटन
२०७७ मङ्सिर १६ मंगलबार ०८:५१:००

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । जर्मन सेफर्ड प्रजातिको मेजर नामको कुकुरसँग खेल्दा बाइडेनको घुँडामा चोट लागेको फिजिसियन केभिन ओ कोनोरले एजेन्सीहरूलाई जानकारी दिएका छन् । ७८ वर्षीय बाइडेन अहिले आराममा छन् । उनीसँग दुई जर्मन सेफर्ड छन् । जसमध्ये २००८ मा एउटा जर्मन सेफर्ड ल्याएका थिए । 

बाइडेन शनिबार डेलावेयर भ्रमणमा निस्किएका थिए । भ्रमणको केही घन्टापछि मेजरसँग खेल्दाखेल्दै उनको खुट्टा मर्किएको फिजिसियन केभिनले बताएका छन् । राष्ट्रपति बाइडेनको एक्सरे रिपोर्टमा केही खराब नभएको चिकित्सकको भनाइ छ । ‘उनको (बाइडेन) एक्सरे रिपोर्ट हेर्दा घुँडामा सामान्य चोट देखिन्छ, सिटिस्क्यानमा पनि राम्रै छ,’ बाइडेनका निजी फिजिसियन केभिनले भने । यद्यपि सबै रिपोर्ट राम्रो नै भए पनि बाइडेनले दायाँ खुट्टाको घुँडामा लागेको चोट सहन नसकेको फिजिसियन केभिनले बताए । ‘अहिले हामीले दुखाई कम गर्ने औषधि दिएका छौँ, यसले केही राहत प्रदान गर्नेछ,’ उनले भने । 

बाइडेन तत्काल पुरानै अवस्थामा आउन केही साता लाग्नेछ । अहिले यताउति गर्न बाइडेनले वाकिङ बुट प्रयोग गर्ने गरेका छन् । ‘अहिले हिँड्न सजिलो होस् भनी राष्ट्रपति बाइडेनलाई वाकिङ बुट रिफर गरिएको छ,’ केभिन भन्छन् । 

४६औँ राष्ट्रपतीय निर्वाचनमा पराजित भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई ट्विटरमार्पmत स्वास्थ्यलाभको कामना गरेका छन् । ‘गेट वेल सुन,’ ट्रम्पले ट्विटमा भनेका छन् । गत ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्प बाइडेनसँग पराजित भएका थिए । २० जनवरी २०२१ मा उनले राष्ट्रपति पद सम्हाल्नेछन् । अमेरिकी इतिहासमा बाइडेन सबैभन्दा पाका राष्ट्रपतिका रूपमा रहनेछन् ।