मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०८:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय स्पोर्टस् फोरम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०८:४८:००

राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतिसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस् फोरम सम्पन्न भएको छ । खेलकुद क्षेत्र, संघ र सम्बन्धित पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसँग सम्बन्धित गतिविधिबारे ओलम्पिकले भर्चुअल माध्यमबाट विज्ञहरूको प्रस्तुतिमा कार्यक्रम आयोजना गरेको थियो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए । सदस्यसचिव सिलवालले नेपालमा खेलकुदका प्रतियोगिता आयोजना सुरु हुने जानकारी दिए । दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको उनले बताए ।

नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले वर्तमान अवस्थामा खेलाडीहरू कसरी कोभिड–१९ बाट सुरक्षित रहने बताएका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा सुवेदीले सञ्चार क्षेत्र र मार्केटिङ महत्वको विषयमा आफ्नो प्रस्तुति दिए ।

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले राष्ट्रिय खेलकुद परिषद्को लेखा प्रणालीबारे प्रकाश पारे । ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे जानकारी पाउने बताए ।