मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १६ मंगलबार ०७:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सौराहामा ‘द फरेस्ट फ्रन्ट’ बुटिक रिसोर्ट सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ०७:४४:००

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य चितवनको सौराहामा ‘दी फरेस्ट फ्रन्ट’ बुटिक रिसोर्ट सञ्चालनमा आउने भएको छ । वाइल्ड लाइफमा रमाउन आउने पर्यटकलाई सेवा दिने उद्देश्यसहित केटिएम हस्पिटालिटी प्रालिले बछ्यौलीमा नयाँ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो ।

रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले संयुक्त रूपमा शिलान्यास गरेका छन् । करिब २५ करोड लगानीमा सौराहाको बछ्यौलीमा निर्माण गरिन लागेको रिसोर्टमा ३५ वटा कोठा हुनेछन् ।

गुणस्तरीय आतिथ्यता चाहनेका लागि कुनै गुनासो नरहने गरी सेवा प्रदान गर्ने उद्देश्य लिएर रिसोर्ट निर्माण गर्न लागेको रिसोर्टका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामेश्वर शाहले जानकारी दिए । यो रिसोर्ट सन् २०२२ को नयाँ वर्षसँगै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

रिसोर्ट शिलान्यास गर्दै पर्यटनमन्त्री भट्टराईले यस्ता सुविधासम्पन्न रिसोर्टले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै वैदेशिक सीप र अनुभवलाई स्वदेशमा भित्र्रयाउन मद्दत पुग्ने बताए । मन्त्री यादवले रिसोर्ट सञ्चालनले रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो रिसोर्ट सञ्चालनबाट विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण भएको सन्देश प्रदान गर्नुका साथै थप लगानी गर्न प्रोत्साहन गर्ने बताए । 

साढे १२ कट्ठा क्षेत्रफलमा फैलिने रिसोर्टमा अत्याधुनिक स्पा, स्विमिङ पुल, कन्फरेन्स हल, मिटिङ हल, बिजनेस सेन्टर, रेस्टुराँ, बार, लाइभ म्युजिकसहितको सांस्कृतिक कार्यक्रम गर्ने व्यवस्था हुने जनाइएको छ । वन्यजन्तु दृश्यावलोकनको विशेष व्यवस्थासहित पर्यावरणमैत्री मानिने विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसनसमेत राखिने रिसोर्टका प्रबन्ध निर्देशक शाहले जानकारी दिए । 

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष एवं सल्लाहकारसमेत रहेका शाहले सौराहामा थप गुणस्तरीय पर्यटकीय सेवा उपलब्ध गराउन र वैदेशिक लगानी भित्र्रयाउन उत्प्रेरित गरी राष्ट्रिय आयमा वृद्धि गर्ने उद्देश्य आफूहरूको भएको बताए ।

२०२२ मा नेपालको पर्यटन  दौडन्छ : मन्त्री योगेश भट्टराई
नेपालको पर्यटन क्षेत्र कोरोना भाइरसका कारण सुनसान रहे पनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गतिमा जानेछ । कोरोनाका कारण थलिएको पर्यटन बिस्तारै उठ्दै छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।कोरोना संक्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने मैले विश्वास लिएको छु ।

मानिसहरू अहिले घरमा नै छन्, कोरोनाको भ्याक्सिनसँगै घुम्न नपाएर बसेकाहरू नसोचेको ढंगबाट भ्रमणमा निस्कने मेरो विश्वास छ । नेपालीमा समेत परिवारसहित खर्च गरेर घुम्न जाने प्रचलन स्थापित भएकाले यसले पनि पर्यटन विकासमा ठूलो टेवा पुग्ने मलाई लागेको छ ।

हामीले २०२१ लाई आन्तरिक पर्यटनका रूपमा जोड गर्ने लक्ष्य बनाएका छाँै । यद्यपि, बन्द पर्यटन क्षेत्र खुला गर्दै अन्तर्राष्ट्रिय उडान खुकुलो बनाउँदै लगेका छौँ । हामीसँग प्रकृति र संस्कृति छ । यसलाई दक्ष जनशक्ति उत्पादन गर्दै यहीबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो ।