मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १८:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तासंघर्षका लागि सत्तारुढ दलले संसद्लाई बन्द गरायो : प्रकाशशरण महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १८:०४:००

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तासंघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद् बन्द राखेको आरोप लगाएका छन् । 

महामारीको समयमा पनि संसद् बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टीभित्रको सत्तासंघर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उनले लगाए । 

नेपाल सांस्कृतिक संघका पदाधिकारीहरूसँको अन्तर्क्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुले पनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताए । 

उनले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर जनतालाई झुक्याइरहेकोसमेत बताए । 

प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरू आवाज सरकारसम्म पुऱ्याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाए पनि सरकारले आफ्नो कुरा सहज रूपमा नसुनेको उनको भनाइ छ । 

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद् बन्द गरी आफ्नो सुरक्षाकवचका रूपमा प्रयोग गरिरहेको आरोपसमेत उनले लगाए । 

कांग्रेसको कोभिड– १९ अनुगमन समितिका संयोजकसमेत रहेका नेता महतसँग सांस्कृतिक संघका पदाधिकारीले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।