मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०५:२८:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंकका ग्राहकलाई डिजिटल भुक्तानीका लागि ‘कर्पोरेट–पे’ सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०५:२८:००

मेगा बैंक नेपाल लिमिटेडले संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । बैंकले यसका लागि नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो खाताबाटै सजिलै गर्न सक्ने जनाइएको छ । 

उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल–आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानीसम्बन्धी कारोबारहरू गर्न सकिने बैंकले जनाएको छ । सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । 

कर्पोरेट–पेमा आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरी कर्पोरेट–पे प्रणालीको सुरुवातका लागि स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ । त्यसपश्चात् ग्राहकहरूले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना गर्न सक्ने बैंकले जनाएको छ ।