मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १५ सोमबार ०७:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हेटौँडामा राजतन्त्र पक्षधरको प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ०७:५४:००

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै मकवानपुर सदरमुकाम हेटौँडामा आइतबार प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी करिब एक हजार युवाले धर्मनिरपेक्षताको अन्त्य, संघीयताको खारेजीसँगै राजा आऊ, देश बचाऊ भन्ने नारा लगाए । 

केशरी महतो संयोजक रहेको ‘२०४७ को संविधान पुनर्स्थापना  हाम्रो अभियान’ले प्रदर्शनको आयोजना गरेको हो । त्यसक्रममा हेटौँडा बजारमा मोटरसाइकल र्‍याली निकालिएको थियो । यसअघि यस्तै प्रदर्शन र र्‍याली देशका मुख्य सहरमा भएका छन् । 

र्‍यालीमा राप्रपाको झन्डा, चुनाव चिह्न वा प्रचारप्रसार नभए पनि यस्ता हरेक कार्यक्रममा राप्रपाको समर्थन रहने केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए । राप्रपाले आन्दोलन आयोजना नगरेको दाबी गर्दै उनले र्‍यालीमा समर्थन, शुभेच्छा र सद्भाव रहने भन्दै अदृश्य सहयोग गरिएको बताए ।