Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १६:२७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

कोभिडको दीर्घकालीन असर छालादेखि मस्तिष्कसम्म 

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १६:२७:००

विश्वभर कोभिड– १९ संक्रमण महामारी पैmलिएको एक वर्षभन्दा बढी भइसकेको छ । कोभिडकै कारण हालसम्म साढे १४ लाखजनाले ज्यान गुमाइसकेका छन् । नयाँ रोग र महामारीको रूप लिएपछि कोभिड भाइरस र यसका असरबारे विभिन्न अध्ययन–अनुसन्धान भइरहेका छन् । ती अध्ययनबाट विभिन्न नयाँ–नयाँ तथ्य पनि सार्वजनिक भइरहेका छन् । 

यही क्रममा विज्ञहरूका अनुसार अर्को वर्षसम्म कोभिडविरुद्धको खोप बजारमा उपलब्ध हुनेछ । सामान्यतया कोभिड संक्रमण जुनसुकै व्यक्तिमा पनि हुन सक्छ । व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार कोभिडले शरीरमा पु¥याउने क्षति फरक हुने गर्छ । हालसम्मको अध्ययनअनुसार कोभिडका लक्षणहरू श्वासप्रश्वाससँग सम्बन्धित छन् । ज्वरो, रुघाखोकी, सास फेर्न गाह्रो हुनेजस्ता यसका मुख्य लक्षण हुन् । तर, पछिल्ला समय प्रकाशित भइरहेका अनुसन्धानअनुसार कोभिड भाइरसले तत्काल मात्र नभई दीर्घकालीन रूपमा समेत असर पु¥याइरहेको हुन्छ । 

तात्कालिक असर
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार कोभिड संक्रमणले फोक्सोमा मात्र नभई अन्य अंगहरूमा पनि असर गरिरहेको छ । सिडिसीले कोभिडका नयाँ लक्षण पनि सार्वजनिक गरेको छ । संक्रमितमा रुघाखोकी, ज्वरोसँगै थकान, मांसपेशी, छाती, जोर्नी, टाउको दुखाइजस्ता लक्षणहरू पहिले नै सार्वजनिक गरेको थियो । तर, संक्रमणको समयमा संक्रमितमा न्युरोसम्बन्धी लक्षणहरू पनि देखिने गर्छ । जसले सोच्ने र ध्यान केन्द्रित गर्ने क्षमता कमजोर हुने (ब्रेन फग), डिप्रेसन, इन्टरमेटेन्ट फिभर र मुटुको धड्कनमा गडबडी आउनेजस्ता लक्षण देखिने गर्छ । यस्ता लक्षण गम्भीर हँुदै गएमा व्यक्तिको मृत्युसमेत हुने गर्छ । 

दीर्घकालीन असर 
कोभिड संक्रमितमा दीर्घकालीन असर पनि देखिन थालेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । तर, एकदमै कम मात्रमा कोभिड संक्रमणका कारण पछि असर हुने गरेको पाइन्छ । सिडिसीका अनुसार यस्ता समस्या केही व्यक्तिमा संक्रमण निको भएलगत्तै देखिए पनि केही व्यक्तिमा लामो समयको अन्तरालपछि पनि देखिने गरेको छ । सामान्यतया मुटुसम्बन्धी समस्या जस्तै मुटुको मांसपेशी सुन्निनु मुख्य समस्या बनेको पाइन्छ । यस्तै, फोक्सोमा दीर्घकालीन समस्या देखिनु, मिर्गाैला र छालामा पनि असर देखिने गर्छ । छालामा हुने विभिन्न विकारसँगै कपाल झर्नु पनि अर्को असर हो । न्युरोलोजिकल समस्या जस्तै, स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु आदि । मानसिक समस्याहरू जस्तै डिप्रेसन, एन्जाइटी र तीव्र मुडमा परिवर्तन आदिलाई पनि कोभिडको दीर्घकालीन असरको रूपमा औँल्याइएको छ । 

लामो समयसम्म देखिएका लक्षण
सामान्यतया कोभिड संक्रमण दुई साताको अन्तरालमा निको हुने गरेको छ । तर, कतिपयमा महिनाँैसम्म अस्पताल बस्नुपर्ने देखिन्छ । जाडोको समयमा यो क्रम बढिरहेको विज्ञहरू बताउँछन् । सामान्यतया यस्ता संक्रमितमा सास फेर्न गाह्रो हुने, अत्यधिक टाउको दुख्ने, झाडापखाला लाग्ने, अनिद्रा, शरीर दुखाइ, थकान, कमजोरीपन, एन्जाइटी, छटपटाहटजस्ता लक्षण देखिएको पाइन्छ । योसँगै मुटुको धड्कन बढ्ने, शरीरमा अक्सिजनको मात्रा एक्कासि परिवर्तन हुने, सम्झिन गाह्रो पर्ने, घाँटीमा समस्या आउने अर्थात् बोल्न गाह्रो हुनेजस्ता लक्षण पनि लामो समयसम्म देखिन्छन् ।

एक्कासि देखिने लक्षण 
कोभिड संक्रमितमा डर र चिन्ताका कारण पनि स्वास्थ्य समस्याहरू देखिने अध्ययनले देखाएका छन् । खासगरी संक्रमितमा एक्कासि जटिल समस्या देखिन सक्ने हुँदा संक्रमित र हेरचाह गर्ने व्यक्तिले विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कान सुन्न बन्द हुने, कार्डिक इभेन्ट अर्थात् हृदयाघात हुने, स्ट्रोक हुने, रगत जम्ने, उच्च ज्वरो आउने, एक्कासि स्वाद हराउने, गन्ध थाहा नपाउने हुन सक्छ । 

असामान्य लक्षण 
केही संक्रमितमा दुर्लभ र स्थायी प्रकारका लक्षण देखिने गरेका छन् । सार्स कोभिडबारे बुझ्न भइरहेका अध्ययनले एकदमै न्यून प्रतिशतमा यस्ता लक्षणहरू रिपोर्ट गरेका छन् । फोक्सोको स्क्यारिङ, मिर्गाैला फेल, शारीरिक दुर्बलता, लगातार थकान, उच्च रक्तचाप, खुट्टाको नशामा स्थायी क्षति, पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर, चिन्ता, डिप्रेसन, अक्सिजनको सपोर्ट नियमित आवश्यक हुनेजस्ता समस्या दीर्घकालीन रूपमा देखिन्छन् । 

यसबाहेक सिनकोप अर्थात् दिमागमा अचानक रगत जम्दा बेहोस हुने, घाँटीको लिम्फनोडमा समस्या देखिने, एनिमियाको समस्या, व्यक्तित्व र व्यवहारमा अचानक परिवर्तन, पिसाबमा इन्फेक्सन, रक्तचापमा घटबडजस्ता फरक लक्षण देखिन सक्छन् । 

कोभिड संक्रमितमा जुनसुकै समयमा पनि व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार शारीरिक तथा मानसिक समस्या देखिन सक्ने हँुदा महामारीको समयमा स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक छ । 
–एजेन्सीको सहयोगमा