मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १६:१६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थमन्त्री पौडेलले संसद् कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्चिने

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १६:१६:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ‘संसद् विकास कोष’अन्तर्गतको रकम स्वास्थ्य क्षेत्रमा लगानी हुने भएको छ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं. २, रुपन्देहीको बैठकले स्वास्थ्य क्षेत्रका कार्यक्रम छनाेट गरेको छ । 

अर्थमन्त्री पौडेलको संयोजकत्वमा बसेको बैठकले संसद् विकास कोषअन्तर्गतको चार करोड बजेट सबै स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी योजना र कार्यक्रमहरू छनाेट गरेको छ । 

गत वर्ष संसद् विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री पौडेल यो वर्ष बुटवल, तिलोत्तमा र सैनामैनामा स्वास्थ्य क्षेत्रमा लगानी गर्दै छन् । 

कोरोना महामारीले स्वास्थ्य क्षेत्रको महत्व झन् बढाएको अवस्थामा पौडेलले स्वास्थ्य क्षेत्रमा थप योगदान पुगोस् भन्दै लगानी गर्न लागेका हुन् । 

यी हुन् आयोजनाहरू

पौडेलको संसद् विकास कोषको रकम रुपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रममा लगानी हुँदै छ ।

तिलोत्तमा नगरपालिका– २ रुपन्देही रहेको स्वास्थ्य चौकीमा एक करोड लगानी गरिने भएको छ । 

त्यस्तै पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रममा पनि एक करोड लगानी गरिने भएको छ । यो सैनामैना नगरपालिका- १ मा पर्दछ  । 

त्यस्तै, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा डायग्नोसिस सेन्टर स्थापना तथा सञ्चालनका लागि  ५० लाख बजेट छुट्याइएको छ ।

बुटवल उपमहानगरपालिका– १२ मा सहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रममा एक करोड ५० लाख  बजेट छुट्याइएको छ ।