मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ मङ्सिर १४ आइतबार १५:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

जापानमा बढ्यो कोरोना : २४ घन्टामा २६ सय ८४ जनामा संक्रमण 

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर १४ आइतबार १५:०९:००

जापानमा केही दिनयता कोरोना भाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या २४ घन्टाभित्र देखिएको हालसम्मकै सबैभन्दा बढी हो । 

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो । योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख ४६ हजार दुई सय १४  पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमित पाइएको जनाएको छ ।

यसअघि पनि गत महिना यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले अब फेरि समस्या बढ्दै गएमा आपतकालको अवस्थामा जस्तै केही नीतिमा परिवर्तन हुन सक्ने बताएका थिए ।

संक्रमण टोकियोमा मात्र नभएर अन्यत्र सहरमा पनि सरेको छ । आइतबार देखिएका संक्रमितमध्ये टोकियाेमा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।
जापानका विकट टापुहरूमा पनि कोरोना भाइरस संक्रमित भेटिन थालेका छन् । आइतबार भेटिएका ती संक्रमितमध्ये टोकियाेमा मात्र पाँच सय ६१ जना छन् ।