मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १४ आइतबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिकोटमा आगलागी हुँदा ११ घर जले

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १२:४७:००

कालिकोटको तिलागुफा नगरपालिका– ४ राँचुलीमा शनिबार बिहान भएको आगलागीबाट लाखौँको धनमाल क्षति भएको छ । 

ढिलागरी प्राप्त सूचनाअनुसार बिहान खाना पकाउँदै गर्दा एक घरमा आगलागी हुँदा ११ घरधुरी जलेर पूर्ण रूपमा नष्ट भएका हुन् । 

शनिबार बिहान खाना पकाउने क्रममा एक घरमा आगलागी भएको र त्यसले ११ घरधुरी पूर्ण रूपमा क्षति भएको वडा तिलागुफा नगरपालिका– ४ राँचुलीका वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । 

‘घर र काठले छाएका घर भएका कारणले आगलागीलाई नियन्त्रणमा लिन सकिएन,’ उनले भने, ‘घरमा भएको सबै धनमाल नष्ट भएको छ ।’

११ घरधुरीका सबैको अन्नपात, लत्ताकपडा, वस्तुभाउ पनि जलेको वडाध्यक्ष शाहीले जानकारी दिए ।

आगलागी भएर ११ घरधुरीमा क्षति पुगेको खबर आएको र त्यसतर्फ प्रहरी परिचालन गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 

‘प्रहरी घटनास्थलमा पुगेको र क्षतिको विवरण संकलन गर्दै छ,’ उनले भने, ‘प्रहरीको मुचुल्कापछि मात्र क्षतिको विवरण आउनेछ ।’

आगलागीबाट घरवारविहीन भएकालाई तत्काल खान र बस्नका लागि नगरपालिकाले व्यवस्था गर्ने तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । 

‘आगलागीबाट ठूलो क्षति भएको छ,’ उनले भने, ‘पीडितलाई तत्काल राहत र खाना र वासको व्यवस्था नगरपालिकाले गर्ने तयारी गरेको छ ।’