मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ मङ्सिर १३ शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या पाँच पुग्याे

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ मङ्सिर १३ शनिबार ११:२३:००

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ७, दाँजेमा शुक्रबार राति जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 

शनिबार बिहान एकजनाको मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । दुर्घटनामा परी गम्भीर घाइते आठबिसकोट– ८, का ५८ वर्षीय लालबहादुर नेपालीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

नेपालीको नगर अस्पताल राडीमा सामान्य उपचारपछि थप उपचाका लागि नेपालगन्ज लैजाँदै गर्दा आज बिहान ३ बजेतिर जाजरकोटको कुदुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जन्ती बोकेको जिप सडकभन्दा एक सय मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रहरीका अनुसार आठबिसकोट नगरपालिका– ८, का अन्दाजी ५१ वर्षीय कलिभान नेपाली, सोही ठाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीले घटनास्थलमै ज्यान गएको थियो । 

आठबिसकोट नगरपालिका– ८ को दाजेबाट १०–१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ज ५८९ नम्बरको जिप दाजे भन्ने स्थानमा दुर्घटना भएको हो । 

चालक डिल्लीबहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।