मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार २०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको प्रतिवेदन तयार, भोलि सचिवालय बैठकमा पेस हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार २०:३५:००

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा पेस गर्ने प्रतिवेदन तयार पारेका छन् । नेकपा सचिवालय बैठक शनिबार बस्दै छ  । ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

जारी विवाद सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा पेस हुने नेताहरूले बताएका छन् । गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही २८ मंसिरमा र केन्द्रीय कमिटीको बैठक २५ मंसिरमा बोलाउने निर्णय गरेको छ ।