मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १३:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समितिद्वारा न्यायपरिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ अनुमोदित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १३:५४:००

संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायपरिषद् सदस्यमा रामप्रसाद श्रेष्ठलाई अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकले श्रेष्ठलाई अनुमोदन गरेको हो।

बैठकमा समिति सभापति लक्ष्मणलाल कर्णले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिए । 

समिति बैठकमा श्रेष्ठले भने,  ‘स्थापनाकालदेखि नै न्यायपरिषद्को भूमिका विवादरहित हुन सकेन । झन् यता केही समयदेखि विवादको मात्रा बढेको छ । र, यसको स्वरूपमा नै प्रश्न उठेको छ । यसको खास कारण न्यायपरिषद्को कार्य भूमिका पारदर्शी हुन सकेन। यस स्थितिलाई मध्यनजर गर्दै नेपालको संविधानले लिएको लक्ष्य तथा व्यवस्थाको अधीनमा रही न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, सक्षम र उत्तरदायी बनाउन न्याय सम्पादनमा कार्यरत न्यायाधीशहरूको नियुक्ति, सरुवा, कारबाहीमा दबाब, प्रभाव, आस, त्रासबाट मुक्त हुन आवश्यक छ।’