मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनसेल सेन्टर

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०६:४८:००

एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । कोभिड–१९ महामारीका वेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थालेको हो ।

आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा–सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यअन्तर्गत सेन्टर एनसेलले सञ्चालनमा ल्याएको जनाएको छ । सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्ने जनाइएको छ ।

ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सियुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताअनुरूप सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप सुविधा प्रदान गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।