१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०८:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको इस्मामा जिप दुर्घटना हुँदा पाँचकाे मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०८:३२:००

गुल्मीको इस्मा गाउँपालिका- ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । हुलबाट तम्घास आउँदै गरेको लु.१ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।  

दुर्घटनामा परी इस्मा गाउँपालिका- ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका- ५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परेर इस्मा गाउँपालिका- ४ हुलकै १९ वर्षीय फर्शुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको अधिकारीले बताए । घाइतेहरूलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।