मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ११ बिहीबार १३:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक आयोगमा रहेका रिक्तताको पदपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ११ बिहीबार १३:०५:००

संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न संवैधानिक आयोगमा रहेको रिक्ततालाई पदपूर्ति गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले रिक्त भएका आयोगहरूमा पदपूर्ति गर्न निर्देश गरेको हो ।

समिति बैठकमा सभापति लक्ष्मणलाल कर्णले भने, ‘संविधानको संवैधानिक आयोगमा पदपूर्ति भएको छैन । र, त्यो आयोग, निकाय पूर्ति नभए संविधान नै पूर्ण हुँदैन । त्यो पूर्णताका लागि आयोगको पूर्णता पाउनुपर्छ । संवैधानिक परिषदमा कोरम पुगेन भन्ने हाम्रो समस्या हाेइन । उनीहरूले पुऱ्याउनुपर्छ । तर, रिक्त भएका स्थानहरू अविलम्ब पूरा गर्नुपर्छ ।’

त्यस्तै, समावेशी ऐन निर्माणका लागि संसद् विधेयक ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीलाई समितिमा उपस्थिति हुन पनि समितिले आग्रह गरेको छ । समितिले आजको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई निमन्त्रण गरे पनि उनी उपस्थित भएनन् ।

समितिले लामो समयदेखि प्रधानमन्त्रीलाई बैठकमा बोलाए पनि उनी नआएको समिति सदस्यहरूको इ ।

कर्ण भन्छन्, ‘उहाँले कहिले पनि नाइँ भन्नुभएन । समय निर्धारण गर्दा के हुने रहेछ, रहेछ । प्रधानमन्त्रीलाई पुनः आगामी दिनमा बोलाउन आग्रह गर्नेछाैँ ।’

बैठकमा उपस्थित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठकमा कोरम नपुग्ने समस्या रहेको बताएका थिए ।

‘संवैधानिक अंगमा पद खाली छ । पटकपटक बैठक बस्दा पनि कुरा मिलेको छैन । सबै कुरा यहाँ भन्न उचित ठान्दिनँ । तर, यस्ता कुरामा एकदमै सरकारलाई अप्ठ्यारो पाराैँ भन्ने कुराले हेर्नुहुँदैन । परिषद्को बैठक कोरम नपुगेपछि बैठक बस्न मिल्दैन ।’