मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तिनाउ–दानव करिडोर शिलान्यास : ४ अर्ब १३ करोड लागतमा नदीका दुवैतर्फ दुई लेन सडक बन्ने

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार ०६:१०:००

रुपन्देहीको तिनाउ र दानव नदी–किनारमा २ लेनको सडक निर्माण अगाडि बढाइएको छ । ४ अर्ब १३ करोड लागतको तिनाउ–दानव नदी करिडोरको डिपिआरअनुसार लम्बाइ ५० किलोमिटर रहेको छ । यो सडक निर्माणपछि बुटवलबाट लुम्बिनी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतमा आवतजावत गर्न बढी सहज हुनेछ ।

बुटवलको बीचभाग भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा सडक निर्माणपछि रुपन्देहीको पर्यटन विकासमा टेवा पुग्ने बुधबार करिडोर शिलान्यास गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताए । पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख र दानव करिडोरमा १९ करोड ४२ लाखको ठेक्का सम्झौता भएको छ ।

असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी–किनारमा ३६ महिना र दानव नदी–किनारमा २७ महिनामा सक्ने सम्झौता छ । दुवै नदीको वारि र पारिपट्टि ७ मिटर चौडाइको दुई लेन सडक कालोपत्रे हुनेछ । २ मिटरका दरले दुवैतर्फ फुटपाथ, नदीतर्फ १० मिटर हरियाली (ग्रिन बेल्ट) निर्माण हुनेछ । 

बुटवल मुलुककै केन्द्र भाग : पौडेल
करिडोर शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले बुटवल क्षेत्र प्रदेशको नभई मुलुककै केन्द्र भाग बन्ने बताए । धेरै पूर्वाधारका आयोजना अगाडि बढेकाले आर्थिक दृष्टिकोणले, विकासका दृष्टिकोणले तथा पर्यटकीय दृष्टिकोणले मुलुककै केन्द्र भाग बन्ने सम्भावना बोकेको बताए ।

मुलुककै केन्द्र भाग बनाउने गरी रुपन्देहीको विकासमा आफू लागिपरेको समेत उनले बताए । उनले रुपन्देहीमा सञ्चालनमा रहेका महत्वपूर्ण आयोजनाका अतिरिक्त पूर्व–पश्चिम राजमार्ग तथा बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा सडकखण्डको विकासका लागि भइरहेका प्रयास तथा कामका बारेमा चर्चा गरेका थिए ।