मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ मङ्सिर १० बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग

विश्वका सबैभन्दा धेरै आम्दानी गर्ने कलाकारको सूचीमा अक्षय कुमार छैटाैँ स्थानमा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १० बुधबार १६:२८:००

बलिउड अभिनेता अक्षय कुमार व्यस्त कलाकारमध्येमा पर्छन् । उनी वर्षमा सबैभन्दा धेरै सिनेमा खेल्ने अभिनेता मात्रै होइनन्, बलिउडमा सबैभन्दा धेरै आम्दानी गर्ने अभिनेताको रूपमा पनि सूचीकृत भएका छन् । विश्वप्रसिद्ध बिजनेस म्याग्जिन फोर्ब्सले तयार पारेको विश्वभरका सबैभन्दा धेरै कमाइ गर्ने अभिनेताको सूचीमा अक्षय कुमार छैटाैँ नम्बरमा छन् ।  

फोर्ब्सको सूचीअनुसार यस वर्ष अक्षय कुमारले करिब तीन सय ६२ करोड आम्दानी गरेका छन् । यो साल अक्षय कुमारको एउटा मात्रै सिनेमा ‘लक्ष्मी’ रिलिज भएको छ । 

अक्षयपछि बलिउडमा सबैभन्दा धेरै कमाउनेमा अर्का अभिनेता सलमान खानको नाम छ । यस्तै, तेस्रो नम्बरमा शाहरुख खान र चौथो नम्बरमा अमिर खान छन् । अमिर खान हरेक वर्ष एउटा मात्रै सिनेमा सार्वजनिक गर्ने अभिनेताको रूपमा चिनिन्छन् । तर, यो वर्ष त्यही एउटा सिनेमा पनि आएको छैन । यस्तै, अर्का अभिनेता अजय देवगनलाई आम्दानीको हिसाबले फोर्ब्सले पाँचाैँ नम्बरमा राखेको छ ।

विश्वमा सबैभन्दा धेरै कमाउने कलाकार
हलिउड अभिनेता ड्वेन जोनसन यो सूचीको पहिलो नम्बरमा छन् । उनले यो वर्ष ८७.५ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । दोस्रो नम्बरमा रेयान रेनाल्ड छन् । उनले यो वर्ष ७१.५ मिलियन डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ । तेस्रो नम्बरमा मार्क वाहल्बर्ग ५८ मिलियन डलर, चौथो नम्बरमा बेन अफल्याक ५५ मिलियन र पाँचौँ नम्बरमा विन डिजेलले ५४ मिलियन डलर आम्दानी गरेको उल्लेख छ ।