मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १० बुधबार १६:०१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उचालियो सेयर बजार : नेप्से झन्डै ६५ प्रतिशत बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १० बुधबार १६:०१:००

सेयर बजारमा परिसूचक नेप्से झन्डै ६५ अंकले बढेको छ । 

साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ । 

सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा बन्द भएको छ ।

दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

अहिले सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ । 

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरूको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको विश्लेषकहरूको भनाइ छ । 

त्यसैकारण बजारमा सेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाइ तय गर्दै गएको देखिन्छ ।

बुधबार कारोबारमा आएका समूहमध्ये होटेल समूहको सूचक मात्रै घटेको छ । बाँकी सबै समूहका सूचक बढेका छन् । 
सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ९३ प्रतिशतले बढेको छ । 

उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ३२ प्रतिशत, अन्य समूह ६ दशमलव ७२ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ८६ प्रतिशत, निर्जीवन बिमा समूह ३ दशमलव ३१ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, विकास बैंक समूह १ दशमलव ३७ प्रतिशत, फाइनान्स समूह १ दशमलव ७२ प्रतिशत, जलविद्युत् समूह १ दशमलव ७१ प्रतिशत, जीवन बिमा समूह १ दशमलव ७४ प्रतिशत र म्युचुअल फन्ड समूह १ दशमलव ३५ प्रतिशतले बढेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्सको संस्थापक सेयरको ४२ करोड २९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

यस्तै दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी रहेको छ । 

जसको २९ करोड ४४ लाख ८१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

नबिल बैंकको पनि २३ करोड १९ लाख ४८ हजार रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

बुधबार एनएमबि माइक्रो फाइनान्स कम्पनीका सेयरधनी र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । 

नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम् सिमेन्टलगायतका कम्पनीका सेयरधनीले पनि झन्डै १० प्रतिशतले कमाएका छन् । 

बजारमा उच्च वृद्धि भएपनि लक्ष्मी इक्विटी फन्डका इकाइधनीले सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।