मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ मङ्सिर १० बुधबार १३:२५:००
Read Time : < 1 मिनेट
विश्व

हार्वर्ड विश्वविद्यालयको विद्यार्थी संगठनको अध्यक्षमा पहिलोपटक काला जातिका छात्र चयन 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १० बुधबार १३:२५:००

विश्वको सबैभन्दा प्रतिष्ठितमध्येको एक हार्वर्ड विश्वविद्यालयमा पहिलोपटक मिसिसिपीका २० वर्षीय गोरो छाला नभएका छात्र विद्यार्थी संगठनको अध्यक्ष चुनिएका छन् । ह्यानिसबर्गका नोआ ह्यारिसलाई १२ नोभेम्बरमा सम्पन्न स्नातक परिषद्ले अध्यक्षमा चयन गरेको हो । प्रशासनिक विषय अध्ययन गरिरहेका ह्यारिस स्नातक परिषद् अध्ययरत काला विद्यार्थी समूहका सहअध्यक्ष पनि हुन् । यसअघि परिषदमा दुईजना छात्र अध्यक्ष बनिसकेका छन्, तर ह्यारिस विद्यार्थी संगठनद्वारा चयन भएका काला समुदायका पहिलो छात्र हुन् ।  

अध्यक्ष चयनपछि ह्यारिसले भने, ‘म साथीहरूले दिएको यो सम्मानलाई गम्भीर रूपमा लिन्छु । यसै वर्षको गर्मीयाममा जर्ज फ्लोयड, ब्रयोना टेलर र अहमद आर्बरीको मृत्युपछि रंगभेदलाई लिएर अमेरिकामा जुन प्रकारको आन्दोलन भयो त्यसले हार्वर्ड विद्यार्थी संगठनद्वारा काला जातिका एक छात्रलाई विश्वास गरेर जिम्मेवारी दिएका छन् ।’ ह्यारिसको साथै संगठनको उपाध्यक्षमा क्विवल्याडकी जेनी गनलाई चयन गरिएको छ । उनी न्युरो साइन्स विषय अध्ययन गरिरहेकी छिन् । उनीहरूले हार्वर्डमा अध्ययनरत सबै विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यमा जोड दिने पनि बताएका छन् ।