१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १० बुधबार ०५:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १० बुधबार ०५:३७:००

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकलाई खल्ती एपअन्तर्गतका विभिन्न सुविधा दिने उद्देश्यले सम्झौता भएको हो । 

सम्झौताअनुसार ज्योति विकास बैंकमार्फत ग्राहकले डिजिटल भुक्तानी सेवाप्रदायक खल्तीमा बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन् । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका निर्देशक सुमित अग्रवालले हस्ताक्षर गरेका थिए ।

बैंकका ग्राहकले खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ, इ–कमर्समार्फत किनिएका सामानको भुक्तानी तथा अन्य थुप्रै सेवाहरूको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ ।

खल्तीसँगको सहकार्यपश्‍चात् ज्योति विकास बैंकका ग्राहकहरूलाई थप सहजता हुने बैंकले जनाएको छ ।  हाल बैंकले १ सय ५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।