मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार

पशुपति क्षेत्रका सम्पदा पुनर्निर्माणमा पुरातत्व विभागको अनुमति लिन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार १५:०७:००

काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्र भित्र रहेको सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ । 

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्र भित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकार्वाहीप्रति असन्तुष्टि जनाएकी छिन् ।

उनले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पूरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन पनि सचेत गराए । बिहीबार बिहान सो क्षेत्रको अवलोकन गरेपछि उनले संचारकर्मीमाझ सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनि त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पूरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको गम्भिर ध्यानाकर्षण गराए । पशुपति क्षेत्र विकास कोषले पूरातत्व विभागसँग स्विकृति लिएर तथा स्थानीय सरकारसँग समन्वय गरेर सम्पदाहरुको पुनर्निर्माणको काम अघि नबढाएकोमा उपमेयर खड्गीको आपत्ति छ ।

उपमेयर खड्गीले यस अघि पनि सो क्षेत्रको अवलोकन गरी विश्व सम्पदा सूचिमा परेका विश्वरुपा मन्दिरको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरिन् । तर त्यसको सुनुवाई कोषबाट नभएको उपमेयर खड्गीको गुनासो छ ।

सम्पदा प्रेमीहरुसहित सो क्षेत्रको स्थलगत अवलोकनमा पुगेकी उपमेयर खड्गीले भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि पशुपति क्षेत्र विकास कोषले विश्वरुपा मन्दिरको संरक्षण गर्न नसकेको, सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको मौलिक तथा सांस्कृतिक पहिचानमा ध्यान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।