मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी
२०७७ मङ्सिर ८ सोमबार १६:३४:००
Read Time : < 1 मिनेट
विश्व

अक्सफोर्डको कोभिड– १९ खोप ७० प्रतिशत सफल 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर ८ सोमबार १६:३४:००

बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोभिड– १९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । सुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको यस खोपको तेस्रो चरणको परीक्षणको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले वक्तव्य जारी गर्दैै कोभिड– १९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताए । अस्ट्राजेनिकाका खोपको तथ्यांक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ । अमेरिकी खोप निर्माता कम्पनीहरू फाइजर र मोडर्नाले तयार पारेका खोपहरू ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

अस्ट्राजेनिकाले आफ्ना खोपहरू वितरणका लागि विभिन्न देशका नियामक निकायहरूसमक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठनसमक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि खाेपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाको छ ।

कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । यो खोपलाई कम्तीमा ६ महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।