१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पूरा : क्यान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार १६:२०:००

नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । 

बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा ग्राउन्ड स्टाफको मंगलबार पिसिआर परीक्षण गरिनेछ । 

पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकलाई राजधानीको एक होटेलमा राखिनेछ भने ग्राउन्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ ।

ग्राउन्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरूलाई पनि होटेलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघकै बस प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

खेलाडीहरूलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले बताए । 

यस्तै, स्वास्थ्य मापदण्डका कुरामा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरू मिलाउन चुनौती रहेको भए पनि खेलाडीहरू मैदान उत्रन उत्साहित रहेको बताए ।