मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ८ सोमबार १३:२०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अमेरिकामा ११ वा १२ डिसेम्बरदेखि कोभिड– १९ को खोप लगाउने सम्भावना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ८ सोमबार १३:२०:००

अमेरिकामा यही ११ अर्थात् १२ डिसेम्बरदेखि कोरोना भाइरस (कोभिड– १९) को खोप कार्यक्रम सुरु हुन सक्ने भएको छ । ह्वाइटहाउसद्वारा आइतबार जारी सूचनाअनुसार आगामी ११ वा १२ डिसेम्बरदेखि कोरोनाविरुद्धको खोप दिइनेछ ।

गत शुक्रबार अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र जर्मनीको साझेदार कम्पनी बायोएनटेकले आपतकालीन प्रयोगका लागि खोप लगाउन अमेरिकी खाद्य तथा खौषधि प्रशासनसँग (एफडिए) सँग अनुमति मागेका थिए । यही विषयमा छलफल गर्न एफडिएले १० डिसेम्बरमा बैठक बोलाएको छ ।  

अमेरिकामा कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डा. मोनसेफ स्लाउले भने, ‘हामी अनुमति पाएको २४ घन्टाभित्र खोप लगाउने तयारीमा छौँ । यसकारण बैठकको भोलिपल्ट वा पर्सिपल्टदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुन सक्छ ।’