मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विचार र नेतृत्वमा देखिएको ‘ग्रे’ एरियालाई मेटाएर स्पष्ट मार्गचित्र बनाउने अवसर : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ८ सोमबार ११:५८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा अहिले देखिएको विवादलाई अवसरका रूपमा बदल्न सकिने जनाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विचार, संगठन र नेतृत्वका विषयमा देखिएको अन्योललाई मेटाएर स्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसरमा बदल्न सकिने जनाएका हुन् । 

उनले लेखेका छन्, ‘नेकपाभित्र अहिले देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्रसहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ ।’