१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार ०७:४७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिड भ्याक्सिन : ९५ प्रतिशत प्रभावकारी भनिनुको अर्थ के हो ?

एकभन्दा धेरै भ्याक्सिन एकैपटक ९० प्रतिशतभन्दा बढी प्रभावकारी भेटिएकाले विज्ञहरूले ‘गेम चेन्जर’ भनेका हुन्

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार ०७:४७:००

संसारका विभिन्न देशले यतिवेला कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तीव्र गतिमा अगाडि बढाइरहेका छन् । परीक्षणका क्रममा रहेका केही भ्याक्सिनले नसोचेको नतिजा देखाइरहेका छन् । गत हप्ता विश्वभर आशा गरिएका फिजर र बायोनेटिक कम्पनीले आफूहरूले उत्पादन गरेको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भेटिएको दाबी गरेका थिए ।

यस्तै, मोर्डनाले ९४.५ प्रतिशत र रुसले बनाइरहेको स्पुतनिक फाइभले ९० प्रतिशतभन्दा माथि प्रभावकारी भेटिएको दाबी गरेका छन् । भ्याक्सिन उत्पादन गरिरहेका अन्य कम्पनी र वैज्ञानिकहरूले यसलाई कोभिड नियन्त्रणका लागि ठूलो सफलता भएको बताएका छन् । 

सामान्यतः कुनै संक्रमणविरुद्धको भ्याक्सिन उत्पादन गर्न कम्तीमा चारदेखि पाँच वर्ष परीक्षण आवश्यक हुने गर्छ, यसको तुलनामा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन समय निकै कम हो । परीक्षणका क्रममा उत्पादन कम्पनीहरूले भ्याक्सिन ५० देखि ७० प्रतिशतसम्म प्रभावकारी देखिने आशा गरेका थिए । एकभन्दा धेरै भ्याक्सिन एकैपटक ९० प्रतिशतभन्दा बढी प्रभावकारी भेटिनुलाई विज्ञहरूले ‘गेम चेन्जर’को संज्ञा दिएका छन् ।

तर, हालसम्म उत्पादन कम्पनीहरूले खोपको प्रभावकारिताबारे प्रकाशित गरेका तथ्यांक ट्रायलमा देखिएको प्रभावको आधारमा दिइएको हो । ट्रायल परीक्षणमा भेटिएको प्रभावकारिता वास्तविक रूपमा कतिको प्रभावकारी हुन्छ भन्नेमा निर्भर गर्दछ । यस्तै, संक्रमणका कारण फरक स्वास्थ्य अवस्था भएका व्यक्तिमा पनि भ्याक्सिनको प्रभावकारिता निर्भर रहन्छ । 

यसरी गरिन्छ परीक्षण
सामान्यतः वैज्ञानिकहरूले विभिन्न भाइरसका संक्रमणविरुद्धको खोपमाथि शताब्दीदेखि अध्ययन गर्दै आइरहेको पाइन्छ । कुनै पनि नयाँ संक्रमण देखिँदा अनुसन्धानकर्ताहरूले केही व्यक्तिहरूलाई खोप लगाउँछन् भने केही व्यक्तिहरूलाई प्लेसबो दिन्छन् । त्यसपछि शरीरमा खोपको प्रभावबारे अध्ययन गर्ने गरिन्छ । र, प्रत्येक समूहमा खोपले देखाएको प्रतिक्रियाबारे थप अध्ययन गरिन्छ । जस्तै, ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिरहेको फिजरले ४३ हजार ६६१ व्यक्तिलाई भर्ना गर्‍यो ।

तीमध्ये १७० जनामा कोभिड संक्रमण पजिटिभ देखियो । तीमध्ये १६२ जनालाई प्लेसबो सट दिइन्छ भने बाँकी आठजनालाई वास्तविक भ्याक्सिन लगाइन्छ । यी संख्याहरूमध्ये अनुसन्धानकर्ताहरूले तथ्यांकमा बिरामी परेकालाई मात्र समावेश गर्दछन् । जसमध्ये वास्तविक खोप लगाइएकाको संख्या निकै कम हुने गर्छ । अनुसन्धानकर्ताहरूले प्लेसबो सटर र भ्याक्सिन दिइएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा भिन्नता निर्धारण गर्न गर्छन् ।

यदि भ्याक्सिन र प्लेसबो सट दिइएकामा कुनै भिन्नता देखिएन भने खोपको प्रभावकारिता शून्य हुन्छ । खोप ९५ प्रतिशत प्रभावकारी देखिनुको अर्थ भ्याक्सिनले बिरामीमा राम्रोसँग काम गरिरहेको भन्ने हुन्छ । तर भ्याक्सिनले बिरामी निको पार्छ वा पार्दैन भन्ने कुनै तथ्य अहिले नै यकिन गर्न सकिँदैन । 

परीक्षणका क्रममा देखिने खोपको प्रभावकारिता र वास्तविक रूपमा खोपले संक्रमितमा देखाउने प्रभाव फरक हुन्छ । क्लिनिकल ट्रायल परीक्षणमा देखिएको खोपको प्रभावकारिता अन्य बिरामीमा पनि प्रभावकारी हुने सम्भावना हुन्छ, तर परीक्षणका क्रममा देखिएका प्रभावकारिता बाहिर कम पनि देखिन सक्छ । 
 एजेन्सीको सहयोगमा