मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ७ आइतबार १५:३८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कालिकाेट पचालझरनाका सबै विद्यालय खुले

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १५:३८:००

कालिकोट पचालझरना गाउँपालिकाका सबै सामुदायिक विद्यालय खुलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालयहरू खुलेका हुन् ।

कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालयहरू सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिएपछि पठनपाठनका लागि खुला गरिएका हुन् ।

अहिलेसम्म गाउँपालिकामा संक्रमितको संख्या शून्य हुँदा पचालझरना गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्र सञ्चालन सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय खुला गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । 

सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । ‘कोरोनाको त्रासले पढाइ लथालिङ भएको छ । त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो,’ उनले भने, ‘अब कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ ।’

विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको ज्ञानोदय माविका प्राध्यापक ममराज सेजुवालले बताए । 

विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाएर स्यानिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विद्यार्थी र शिक्षकको पिसिआर परीक्षण गरी पठनपाठन सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।

कालिकोटमा नौवटा स्थानीय तहमध्ये अन्यमा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छैनन् ।