मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोहनप्रसाद पाण्डेलाई सोमबार सांसदको शपथ खुवाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १३:१६:००

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा मोहनप्रसाद पाण्डेलाई सोमबार शपथ खुवाइने भएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार सोमबार उनलाई सांसदको रूपमा सशपथ खुवाउन लागिएको हो ।

गत कात्तिक १७ मा केसीको निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको हो ।

आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गर्ने तयारी भएको हो । समानुपातिक खस आर्यको क्लस्टरबाट सांसद बनेका केसीको निधन भएपछि सोही कोटाबाट पाण्डे आउने भएका हुन् । समानुपातिकको बन्द सूचीमा केसी पछाडि पाण्डेको नाम थियो ।