मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ७ आइतबार ११:५०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कैलालीमा सञ्चालित सुपथ मूल्य पसल बन्द

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ११:५०:००

चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ । 

कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रित नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।

कैलालीको धनगढी र अत्तरियामा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका छन् । 

पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भिड लागेको थियो । असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पाेरसन धनगढी शाखाका नायव महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजारभन्दा बढी उपभोक्ताले लाभ लिएका छन् । शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरू सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे । 

अन्य पसलमा भन्दा सस्तोमा खाद्यवस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सधैँका लागि सञ्चालन गरिनुपर्ने स्थानीय उपभोक्ताको माग छ ।

यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो । 

सुपथ मूल्य पसललाई अब भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजनाअनुसार काम भइराखेको साल्ट ट्रेडिङ कर्पाेरेसनले बताएको छ ।