१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ७ आइतबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमले गर्‍यो अटम अफरमा परिमार्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ७ आइतबार ०६:१५:००

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई परिमार्जन गरेको छ । कम्पनीले थप सुविधासहित शुक्रबार राति १२ बजेपश्चात् लागू हुने गरी परिमार्जन गरेको हो । 

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याकअन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याएको कम्पनीले जनाएको छ ।

यसअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न मिल्ने जनाइएको छ । त्यस्तै, प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

८ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३ सय ९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।