मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ७ आइतबार ०९:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दाङका दुई कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ०९:२४:००

कोरोना संक्रमणबाट दाङका दुईजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको छ । 

शनिबार मध्यराति घोराही उपमहानगरपालिका– ९ का ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका– ९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । 

घोराहीका ६७ वर्षीय पुरुषमा उच्च रक्तचाप र तुलसीपुरका ६८ वर्षीय पुरुष मधुमेह रोगबाट ग्रसित भएको उनले बताए । दुवैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।