मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १५:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेता नेम्वाङले अध्यक्ष प्रचण्डसँग पार्टी एकता जोगाउन गरे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १५:५२:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउन नेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा नेता नेम्वाङले पार्टीको एकता जोगाउन भूमिका खेल्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । 

प्रतिउत्तरमा अध्यक्ष दाहालले आफू पार्टीको एकता जोगाउन संवेदनशील रहेको जनाएको स्रोतले जनाएको छ । अध्यक्ष दाहालले पार्टी एकताको डोरी चुँडिन नदिन तत्पर रहने बताएका थिए । 

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुई नेताबीच भेट भएको र भेटमा पार्टीभित्रको समसामयिक परिस्थितिका विषयमा कुरा भएको जानकारी दिए । 

भेटमा नेता नेम्वाङले पार्टीभित्र देखिएको विवाद र मतमतान्तरलाई सचिवालयकै तहमा मिलाउनुपर्ने र स्थायी समिति वा केन्द्रीय समितिमा लैजान नहुने प्रस्ताव अध्यक्ष दाहालसँग राखेका थिए । 

नेता नेम्वाङले अहिलेको अवस्थामा पार्टी तलमाथि परे नेतृत्वदेखि सबैलाई घाटा हुने धारणा राखेका स्रोतले जनाएको छ ।