मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार ०५:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकमा जुन वेला पनि भाइबर, फेसबुक र एपबाट खाता खोल्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार ०५:५३:००

एनएमबि बैंकले घरमै बसी भाइबरमा च्याट र एनएमबि इ–एपमार्फत मुद्दती तथा निक्षेप खाता खोल्ने र नवीकरण गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले फेसबुकमार्फत खाता खोल्ने योजनापछि यो योजना ल्याएको हो । 

चौबिसै घन्टा र सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुने तथा डिपोजिट पनि तुरुन्तै हुने बैंकले जनाएको छ । बचत खाता एनएमबिको सोसल अनबोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डका साथ कारोबारका लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म निक्षेप हुनुपर्ने जनाइएको छ ।

ग्राहकले पहिलोपटकको कारोबारमा इ–एनएमबि एपका माध्यमबाट ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, उही बैंक र अन्य बैंकमा फन्ड ट्रान्सफर, केवाइसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।