Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पर्शुराम काफ्ले
२०७५ पौष ४ बुधबार ०७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

१६ वर्षपछि नेपाल-अमेरिका उच्चस्तरीय वार्ता

नेपालसंग बलियो साझेदारी चाहान्छौं : बिदेशमन्त्री पोम्पियो

Read Time : < 1 मिनेट
पर्शुराम काफ्ले
२०७५ पौष ४ बुधबार ०७:४१:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी समकक्षी माइकल र पोम्पियोसंग  मङ्गलबार द्विपक्षीय वार्ता गरेका छन् । १६ बर्षपछी नेपाल र अमेरिकाबीच यसरी उच्चस्तरमा द्विपक्षीय वार्ता भएको हो । 

परराष्ट्रमन्त्री ज्ञवालीलाई समकक्षी पोम्पियोले वाशिङ्गटनस्थित स्टेट डिपार्टमेन्टमा न्यानो स्वागत गरेका छन् । ज्ञवालीलाई स्वागत गर्न प्रतिक्षारत रहेको भन्दै सोमबार नै स्टेट डिपार्टमेन्टले ट्वीट गरेको थियो ।

इन्डो प्यासिफिक क्षेत्रमा नेपालको महत्वपूर्ण स्थान र भूमिका रहेको सन्देश पोम्पियोले दिएका छन् । 'अमेरिका नेपालसंग बलियो साझेदारी चाहन्छ' अमेरिकी बिदेशमन्त्री पोम्पियोले भनेका छन् ।

स्वतन्त्र, खुला र सम्पन्न इन्डो प्यासिफिक क्षेत्रमा नेपालको महत्वपूर्ण भूमिकाका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका सहायक  प्रवक्ता रोबर्ट पालाडिनोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो क्षेत्रमा अमेरिकाले भारतसङ्ग गरेको रणनीतिक साझेदारीका सन्दर्भमा नेपालको भूमिकालाई अमेरिकाले महत्व दिनुलाई अर्थपूर्ण मानिएको छ ।  अमेरिका-नेपाल सम्बन्ध जनस्तरको सम्बन्धको बलियो जगमा खडा भएको उल्लेख गरिएकाे छ । ज्ञवाली र पोम्पियोबीच ५० करोड अमेरिकी सहयोगमा आधारित दीगो बिकास लक्ष्य परियोजना कार्यान्वयनवारे छलफल भएको थियो । 

बैठकमा उत्तर कोरियालगायत अन्तर्रास्ट्रिय बिषयमा पनि छलफल भएको सहायक प्रबक्ता रोबर्टले जनाएका छन् ।  यसअघि परराष्ट्र सचिव शंकरदास बैरागी र उनका अमेरिकी समकक्षी एलिस जि वेल्सबीच स्टेट डिपार्टमेन्टमै द्विपक्षीय वार्ता भएको थियो ।