मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एपी
२०७७ मङ्सिर ३ बुधबार १६:२९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

घरमै कोरोना परीक्षण गर्न सकिने विधिले अमेरिकामा अनुमति पायो : ३० मिनेटमै नतिजा दिने

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ मङ्सिर ३ बुधबार १६:२९:००

अमेरिकामा कोरोना भाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले नयाँ विधिलाई अनुमति दिएको छ ।  आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो ।

घरमै प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ–छैन भन्ने नतिजा देखाउनेछ । अमेरिकाको नियामक निकायको रूपमा रहेको खाद्य तथा औषधिसम्बन्धी कार्यालयले यसलाई कोरोना भाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रूपमा लिएको छ । अहिले प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँ र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरूले जनाएका छन् । 

प्रयोगका लागि अनुमति दिएको विधि क्यालिफोर्नियाको औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । बिरामी आफैँले नाकबाट स्वाब निकालेर परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । 

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएको स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् । तर, परीक्षणको नतिजा प्राप्त गर्न भने लामो समय पर्खिनुपर्छ ।