मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ३ बुधबार १५:०१:००
Read Time : < 1 मिनेट
विश्व

पेरूको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ३ बुधबार १५:०१:००

दक्षिणी अमेरिकी राष्ट्र पेरूको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरूका राजनीतिज्ञ सागास्तीले संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत ९ नोभेम्बरमा पेरूको संसद्ले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रूपमा नियुक्त भएका मानुएल मेरिनोको सरकारविरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत १५ नोभेम्बरमा राजीनामा दिएका थिए । 

मेरिनाको सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका थिए । राष्ट्रपति पदको शपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षार्थ भएका प्रदर्शनमा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् । उनले प्रदर्शनका क्रममा बेपत्ता भए भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने वचनबद्धता प्रकट गरे । 

राष्ट्रपति सागास्तीले पछिल्लोपटक भएको जनप्रदर्शन कोभिड– १९ विरुद्धको संघर्षका साथै सन् २०२१ को ११ अप्रिलमा हुने राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताए ।  सागास्तीको अन्तरिम सरकारले आगामी वर्ष अप्रिलमा राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी पाएको छ ।