मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ३ बुधबार १२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बढ्यो छठ पर्वको चहलपहल [तस्बिरसहित]

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ३ बुधबार १२:५४:००

महापर्व छठ आजदेखि सुरु भएको छ । मिथिला क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्व अहिले राजधानी काठमाडौंसहित पहाडी जिल्लामा पनि मनाउने चलन सुरु भएको छ । 

छठ पर्व सुरु भएसँगै मुख्य दिन ‘सन्ध्याकालीन अर्घ्य’ (मंसिर ५ र ६ ) को निम्ति सामग्री व्यवस्थापन र पोखरी, तलाउ, नदीलगायतका जलाशय सफा गरेर  सजाउने काम सुरु भएको छ ।

सदरमुकाम सिराहाको दुर्गा पोखरी, गोरियारी पोखरी, पञ्चमुखी बाबाजी पोखरी, राजदेवी पोखरीसँगै कमला, बलान, गागन, घुर्मी नदीरू र अन्य बजार क्षेत्रका पोखरीमा पूजास्थल निर्माण र सजाउने काम तीव्र रूपमा भइरहेको छ । 

यता ग्रामीण र मुख्य बजार क्षेत्रहरू सदरमुकाम सिराहा, लहान, मिर्चैया, गोलबजारमा विशेष रूपमा माटो र बाँसको चोयाले बनेका पूजा सामग्री खरिद–बिक्री बढेको छ । त्यससँगै झुप्पावाला केरा, फलफूल किन्न बजारमा भिडभाड देखिएको छ । 

माटोका घैला, हात्ती, दिया, ढकना र बाँसको चोयाले बनेका ढकिया, सुपा, कोनिया, डगरी, झुप्पावाला केरा, नविरल, पातसहितको उखुको खरिद–बिक्री बढेको हो ।

आजदेखि सुरु भएको छठपर्वको दोस्रो दिन भोलि खरना रहेको छ । दिनभरि व्रत बसेका ब्रतालुहरू खरनामा विशेष प्रकारको खिर बनाउने गर्छन् । खिर प्रसादका रूपमा ग्रहण गरेपछि ब्रतालुहरूको निराहार ब्रत सुरु हुन्छ । अगामी शुक्रबार अस्ताउँदो सूर्यलाई र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने प्राध्यापक चन्देश्वरप्रसाद यादवले बताए ।