मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना कहरका वेला देशकै जेठो अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार १२:३०:००

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन ३१औँ दिनपछि पनि जारी रहेको छ । 

कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाई आएको सेवा–सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीले ३१औँ दिनमा आन्दोलन जारी राखेका हुन् । 

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकको मनोबल गिराउने काम सरकार गरेको उनीहरूको आरोप छ । 

आफूहरूले पाउँदै आएको सेवा–सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१औँ दिनमा पनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । 

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरूले सरकारले तोकेको सेवा–सुविधासमेत पदाधिकारीले नदिने गरेको आरोप लगाउँदै आएका छन् । 

वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरूले पाउनुपर्ने तलब–भत्ता पदाधिकारीहरूले खाइरहेको आरोप लगाइन् । 

चिकित्सकहरूले बिरामीहरूको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएका छन् । 

आफ्ना माग पूरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।