१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार ०८:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजको ११.११ योजनामा एक  घन्टामै २ करोड २२ लाखको बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३ बुधबार ०८:५७:००

अनलाइन बजार दराजले ११.११ योजनामा पहिलो एक घन्टामै २ करोड २२ लाख रुपैयाँको सामान बिक्री गरेको छ । यो अघिल्लो वर्षको यसै योजनामा भएको बिक्रीभन्दा ६० प्रतिशत बढी हो । 

कोभिड–१९ को त्रासबीच पनि ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको कम्पनीले दाबी गरेको छ । दराजको यो बिक्री योजनामा ५ लाख २० हजार प्रयोगकर्ताको उपस्थिति रहेको जनाइएको छ । दराजमा आबद्ध रहेका ७ हजारभन्दा बढी विक्रेताले देशका २८ सहरमा यो योजनामा आफ्ना सामान बिक्री गर्न सफल भएको कमपनीले जनाएको छ । 

वालेट र कार्डमार्फत गरिने अनलाइन पेमेन्टमा पनि अघिल्लो वर्षभन्दा वृद्धि भएको जनाइएको छ । कुल व्यापारको ४५ प्रतिशत भुक्तानी अनलाइन पेमेन्टमार्फत भएको कम्पनीले जनाएको छ । कम्पनीले महŒव दिएका हाइलाइटहरूमध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घन्टाभित्रै बिक्री भइसकेहको कम्पनीले जनाएको छ ।  

योजनामा विशेष गरी साना र मझौला आकारका उद्यमहरूका लागि ११.११ मा भएको कुल व्यापार संख्यामा करिब २० प्रतिशत रहेको जनाइएको छ । कोभिड–१९ महामारीमा दराजको सहयात्री कार्यक्रमद्वारा दराजमा दर्ता गरी उनीहरूलाई सहयोग गरिएको कम्पनीले दाबी गरेको छ । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले चुनौतीपूर्ण अवस्थामा पनि नेपालमा सफलतापूर्वक ११.११ तेस्रोपटक आयोजना गर्न सकेको बताए ।

उनले भने, ‘आर्थिक स्थितिलाई ध्यानमा राख्दै ११.११ जस्ता सेल अभियानहरूले ठूलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म पाउँछन् भने ग्राहकहरूले उनीहरूको सपिङ आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन् ।’ कम्पनीले ११.११ मा भएको खरिदलाई डेलिभरी दिन ७ हजार कर्मचारी थपेको जनाएको छ ।