मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर २ मंगलबार १४:३१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोभिड– १९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर २ मंगलबार १४:३१:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार कोरोना महामारी फैलिएदेखि हालसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् ।

उनीहरू सबैजना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी हुन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका वेला संक्रमित भएको जनाइएको छ ।  

डब्ल्युएचओले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको जानकारीअनुसार संक्रमण पुष्टि भएका सबैलाई पर्याप्त उपचार व्यवस्था गरिएको छ । त्यसैगरी उनीहरूसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउने व्यवस्था गरिएको डब्ल्युएचओले जनाएको छ । 

विश्वव्यापी रूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै संक्रमित हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार एक सय ५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १३ लाख २१ हजार चार सय तीनजनाको मृत्यु भएको छ ।